• Friday 9th of October 2026

सभामुख पदमा एमालेले उम्मेदवारी दिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने नदिनेबारे छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए ।

‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिन्छ’,महरले रातोपाटीसँग भने, ‘एक बजेको सचिवालय बैठकले निर्णय गर्छ ।’

त्यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्नेछ । अहिलेसम्म कांग्रेस लगायतले सभामुखबारे कसैसँग छलफल नभएको जनाएको छ । प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए ।

सत्तापक्ष रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ । विपक्षी सबै दल मिल्दा पनि अर्याल नै सभामुख अर्यालले नै जित्ने संसद्को अंकगणित छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖