• Friday 9th of October 2026

नेकपाले सभामुखमा रास्वपालाई समर्थन गर्ने, उपसभामुख पदमा दाबी प्रस्तुत गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका डोलप्रसाद अर्याललाई समर्थन गर्ने जनाएको छ।

दलका प्रमुख सचेतक युवराज दुलालका अनुसार पार्टीले सभामुख पदमा प्रतिस्पर्धा नगर्ने निष्कर्ष निकालेको हो। अर्यालले यसअघि नै सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।

सभामुखमा प्रतिस्पर्धा नगर्ने निर्णयसँगै पार्टीले उपसभामुख पदमा भने दाबी गर्ने तयारी गरेको छ। सहमति बनेको अवस्थामा उपसभामुखमा उम्मेदवारी दिने सम्भावना रहेको स्रोतले जनाएको छ।

यता, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवार नउठाउने निर्णय गरिसकेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले सत्तापक्षसँग स्पष्ट बहुमत रहेको र सभामुख पदलाई साझा तथा निष्पक्ष भूमिकामा राख्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖