• Friday 9th of October 2026

एमालेले अन्तिम समयमा किन दिएन सभामुखमा उम्मेदवारी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने बताए पनि अन्तिम समयमा पछि हटेको छ । सभामुखको निर्वाचनका लागि आज शुक्रबार दिउँसो २ सम्म मनोनयन दर्ताको समयमा उम्मेदवारी दिन नगएर एमाले पछि हटेको हो ।

यसअघि एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताएका थिए ।

‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिन्छ’, महरले रातोपाटीसँग भनेका थिए । महरले एमाले सचिवालय बैठकमा सभामुख उम्मेदवारीबारे छलफल गर्ने समेत बताएका थिए । तर एमाले सचिवालय बैठक चल्दाचल्दै सभामुखको उम्मेदवारी दिने २ बजेसम्मको समय सीमा सकिएको थियो ।

उक्त समयभित्र रास्वापका डीपी अर्यालको मात्र उम्मेदवारी परेको छ । यसैबिच नेकपा एमालेको सचिवालय बैठकमा सभामुखमा पार्टीले उम्मेदवारी दिने नदिनेबारे छलफल नै नभएको उपाध्यक्ष गोकर्ण विष्टले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖