• Friday 9th of October 2026

गोरखा सेभिङ्गका अध्यक्ष सहित ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ताल्छिखेलमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए ।

पक्राउ पर्नेमा गोरखा सेभिङ्ग एण्ड क्रेडिटका सीइओद्ववय लालबहादुर क्षेत्री र अबिनकुमार राई तथा लेखा समिति सदस्य कर्णबहादुर राई छन् ।

उनीहरूलाई चैत १८ मा उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको एसपी भट्टले बताए । ललितपुर प्रहरीले आरोपीहरूविरुद्ध चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

आरोपीहरूले बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ । सो सहकारीमा १० हजार ५९८ जना बचतकर्ता छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖