• Friday 9th of October 2026

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३)देखि नै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖