• Friday 9th of October 2026

प्रधानमन्त्री बालेन र रवि बिच उपसभामुखबारे फरक मत


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ ।

आइतबार बिहान मात्र उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएको स्रोतको दाबी छ ।

सो क्रममा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको स्रोतको भनाइ छ । तर, सभापति रवि राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए ।

दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको बुझिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖