काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजे र शनिबार–आइतबार बिदा दिने सरकारको निर्णय सही र वैज्ञानिक भएको टिप्पणी गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ताे बताएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
डा. भट्टराईले यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागू गर्ने मात्र नभई सार्वजनिक वार्षिक बिदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुने सुझाव दिएका छन् ।
