• Sunday 4th of October 2026

सरकारले तुलसी घिमिरेलाई मानार्थ नागरिकता दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व एवं वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई नेपाल सरकारले ‘मानार्थ नेपाली नागरिकता’ प्रदान गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक प्रक्रियाका लागि अनुरोध गरेको छ ।

नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिन लागिएको हो। चलचित्र विकास बोर्डको सिफारिस र नेपाल सरकार (सचिवस्तर)को मिति २०६८ असार २४ को निर्णयानुसार यो प्रक्रिया अघि बढेको पत्रमा उल्लेख छ।

सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई लेखेको पत्रमा घिमिरेको व्यक्तिगत विवरण, कदर पत्र, सम्मान पत्र र मन्त्रालयको निर्णयको प्रतिलिपिसहित ५ पाना कागजात संलग्न राखिएको छ।

मन्त्रालयका शाखा अधिकृत डा. कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन अनुरोध गरिएको हो ।

‘कुसुमे रुमालु’, ‘चिनो’, ‘दुई थोपा आँसु’ र ‘दर्पण छायाँ’ जस्ता चलचित्रका निर्देशक घिमिरेले दशकौँदेखि नेपाली सिनेमामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । भारतको कालिम्पोङमा जन्मिएका घिमिरे भारतीय नागरिक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖