काठमाडौ । सांसद समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब संसदमा आफ्नै हाते माईक लिएर जाने चेतावनी दिएका छन् ।
आजको संसदको बैठकमा राप्रपा सांसद खुश्बु ओलीले बोल्दाबोल्दै माईक काटिएकोप्रति ब्यंग्य गर्दै यस्तो चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन् ।
“सांसदहरुले बोल्दा बोल्दै माइक काट्नु गलत हो । जनताको आवाज काटेको मानिनेछ । यदी त्यसो हुन्छ भने अब आफ्नै हाते माइक लगेर जान बेर लाउनेछैनन् साम्सदहरुले ।
माननीय भए पछि माननीयकै व्यवहार गरियोस् ।”
