• Friday 9th of October 2026

उपराष्ट्रपति यादव अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा। रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको बताए । ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्‍याउँदा प्रेसर उच्च थियो,’ डा। गजुरेलले भने, ‘पेटमा ग्यास पनि भरिएको थियो ।’

डा। गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा। रत्नमणि गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ उपचारमा संलग्न छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖