• Friday 9th of October 2026

प्रधानमन्त्री बालेनले किन भने विवादको भारी बोकेर म बस्न सक्दिन


  • धनकुटा खबर
  • .

काठमाडौ । विवादको भारी बोकेर म बस्न सक्दिन भन्दै विवादमा मुछिएका मन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पदबाट हटाउने आन्तरिक तयारी थालेका छन्।

मन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डमा पुनः नियुक्त गरिएको, राजनीतिक जीवनमा नआउँदै एमबीबीएसमा नाम निकाल्दिने भन्दै पैसाको लेनदेन गरेको विषयमा स्वार्थ बाझिएको र सुशासनको धज्जी उडाएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री शाहले हटाउने तयारि गरेका हुन्।

प्रधानमन्त्री शाहले गलत गर्नेलाई ठाउँ छैन भन्दै छानबिन गरी पदबाट मुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। यस विषयमा पार्टी सभापति रवि लामिछानेसँगपनि बालेनले परामर्श गरेका थिए ।

सभापतिले गलत गरेको लाग्छ भने एक सेकेण्डपनि नराख्नुस् भनेपछि प्रधानमन्त्री छानबिन गर्न थाल्नुभएको छ स्रोतले भन्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖