• Friday 9th of October 2026

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

संसद् सचिवालयका अनुसार उपसभामुखको मनोनयन दर्ताका लागि बिहीबार(आज) बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।
दिउँसो साढे २ बजे पछि उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ।

त्यस्तै २७ गते ४ बजे हुने निर्वाचनमा उम्मेदवारहरूको नाम अनुसार निर्णयार्थ प्रस्तुत हुनेछ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र अन्य दलका पनि पुरुष उम्मेदवार बन्न पाउने छैनन्।

सभामुख रास्वपाबाट पुरुष चयन भएकाले उपसभामुखमा अन्य दलबाट महिला चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

उपसभामुखमा रास्वपाका समर्थन कुन दललाई ?
सङ्घीय संसद्को प्रतिनिधिसभाले सभामुख पाएसँगै उपसभामुखमा रास्वपा बाहेकका प्रतिपक्ष दलले पाउने छन् । तर संसद्मा १८१(सभामुख बाहेक) सिट रहेको रास्वपाका समर्थनले भने उपसभामुख बनाउनलाई निर्णायक हुने छ ।

रास्वपा उच्च स्रोतका अनुसार स‍‍सदका साना दलहरू काँग्रेस, एमाले र नेकपासँग उपसभामुखका विषय लगभग कुराकानी सकिएको छ । ‘रास्वपाले यी दलहरू भन्दा पनि राप्रपा वा श्रम संस्कृति पार्टीसँग सहकार्य गर्ने सम्भावना उच्च छ ।’

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ ।

श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश पनि जाने भएकाले सकेसम्म श्रम संस्कृति पार्टीबाटै योग्य उम्मेदवार खोजिएको छ ।

साथै राप्रपासँग पनि केही राजनीतिक एजेन्डा बाहेक सुशासनका सवालमा दुरी नभएकाले राप्रपाका उम्मेदवार हेरेर राप्रपालाई समर्थन गर्न पनि सकिने रास्वपाका एक नेताले बताए ।

अहिले श्रम संस्कृति पार्टी र राप्रपा दुवैले उम्मेदवारको तयारी गर्दै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖