काठमाडौं । श्रम संस्कृति पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ तोकीएको छ ।
ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङले निःशुल्क दिँदा त्यसको महत्त्व कम हुने भएकाले आफूहरूले शुल्क लिन थालेको बताए।
उनले भने, ‘श्रम संस्कृतिको सदस्यता १०० रुपैयाँ तिरेर लिनुपर्छ । फ्रीमा आएको कुराको महत्त्व नहुने रहेछ। जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छ। सास फेर्न पैसा तिर्नु पर्दैन तर सास फेर्न नपाउँदा ३ देखि ४ मिनेटमा हाम्रो मृत्यु हुन्छ, त्यसैले सास महत्त्वपूर्ण छ ।’
