• Friday 9th of October 2026

कांग्रेसको क्रियाशील सदस्य लिन अनिवार्य सम्बन्धित वडामा पुग्नैपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्य लिन चाहने व्यक्ति अनिवार्य रूपमा सम्बन्धित वडा कार्यसमितिमा पुग्नैपर्ने व्यवस्था गरेको छ।

पहिलेजस्तो अरूले फारम भरिदिएर र शुल्क तिरिदिएर अब क्रियाशील सदस्यता नपाइने कांग्रेसले जनाएको छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने भएको छ।।

हालसम्म पार्टीमा आबद्ध रहेकाहरूलाई क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि सम्पूर्ण सदस्यलाई पुनः क्रियाशील सदस्यता फाराम भर्न समय दिने तयारीमा कांग्रेस छ। त्यसका लागि वैशाखभर क्रियाशील सदस्यता नवीकरण र वितरण अभियान चल्नेछ।

कांग्रेसले वैशाखभिर देशका ६ हजार ७ सय ४३ वटै वडामा सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने केन्द्रीय समितिबाट निर्णय गरिसकेको छ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन हुँदा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖