• Friday 9th of October 2026

विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने ‘विप्लव’काे चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने चेतावनी दिएका छन् ।

विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी सङ्गठनहरूले थालेको संघर्षप्रति समर्थन जनाउँदै उनले यस्ताे चेतावनी दिएका हुन् ।

उनले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न समेत आग्रह गरेका छन् ।

‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी सङ्गठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖