• Monday 5th of October 2026

रोहित र विराट दुवै घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको आईपीएल २०२६ को खेलमा भारतीय क्रिकेटका दुई हस्ती रोहित शर्मा र विराट कोहली घाइते भएका छन् ।

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बिचको रोमाञ्चक भिडन्तका क्रममा रोहित रिटायर्ड हर्ट भएर मैदान बाहिरिए भने कोहली गोलीगाँठोको समस्याका कारण फिल्डिङमा आएनन् ।

२४१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका रोहित शर्मा पाँचौँ ओभरमा खुट्टा लङ्गडाउँदै गरेको अवस्थामा देखिएका थिए । मैदानमै उपचार गराए पनि ब्याटिङ जारी राख्न नसकेपछि उनी १९ रनमा खेल्दै गर्दा बाहिरिए । उनी पुनः ब्याटिङका लागि फर्किएनन् र मुम्बईले सो खेल १८ रनले गुमायो ।

यता बेंगलुरुका विराट कोहली पनि ब्याटिङकै क्रममा १०औँ ओभरतिर बायाँ खुट्टाको समस्याले ग्रसित देखिएका थिए। ५० रन बनाएर आउट भएका कोहली बेंगलुरुले फिल्डिङ गर्दा मैदानमा देखिएनन् । यद्यपि खेलपछि कप्तान रजत पाटीदारले कोहलीको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।

यो जितसँगै बेंगलुरु तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई इन्डियन्स लगातार तीन हारसँगै आठौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖