• Thursday 8th of October 2026

‘पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामकरण गरेर बालेन सरकारले दिन खोजेको सन्देश के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वमन्त्री सुदन किरातीले बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा उल्लेखित विषयप्रति आपत्ति जनाएका छन् ।

किरातीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ? भन्दै प्रश्न गरे ।

उनले भने,‘बालेन सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ नामकरण गरेर बालेन सरकारले दिन खोजेको सन्देश के हो ?’देश बनाउँछु भन्ने नेताले के–के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र पर्याप्त नहुने भन्दै के–के गर्नु हुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरुरी हुने बताए ।

मंगलबार सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’को ६ नम्बरको पूर्वाधार विकास बुँदामा महेन्द्र राजमार्गको विषय उल्लेख गरिएको छ ।

यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना दिँदै ‘यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ’ भनेकोप्रति पनि असन्तुष्टि जनाए । उनले प्रश्न गर्दै भने,‘के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖