• Thursday 8th of October 2026

पूर्णबहादुरलाई कारबाहीको तयारी, केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । मंगलबार पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।

आज नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएको सभापति गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यसै विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक बस्न लागेको स्रोत बताउँछ ।

केन्द्रीय अनुशासन समितिको बैठकमा पूर्णबहादुर खड्काले कांग्रेसको लेटरप्याड प्रयोगगरी मंगलबार दोस्रो पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि कारबाही अघि बढाउनेबारे छलफल हुनेछ ।

खड्काले यसअघि पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध कांग्रेसको लेटरप्याडमा विज्ञप्ति प्रकाशित गरेपछि पार्टीका अनुशासन समितिले यसलाई गम्भीरता दिँदै सचेत गराउने निर्णय गरेको थियो।

केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम नल्याइ, अबदेखि लेटरप्याडको दुरुपयोग नगर्न निर्देशन दिएपनि खड्काले आफूलाई कार्यवाहक सभापतिको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖