• Thursday 8th of October 2026

सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले काट्यो चिट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

बुधवार बिहान थापाथली पुलबाट माइतीघर तर्फ जाँदा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृत भन्छन्, ‘भीआईपीको गाडीलाई सडकमा रोक्न मिलेन त्यसैले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।’

सभामुखको अगुवा गाडी प्रहरीको र पछुवा गाडीमा सैनिक अधिकारीहरू हुन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖