काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् ।
उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालले उनी रिहा भएको जानकारी गराए । ‘उहाँ रिहा हुनुभएको छ । इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भयो,’ खनालले भने ।
उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् ।
