• Thursday 8th of October 2026

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ ।

यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖