• Sunday 4th of October 2026

राजेश पायल राईको प्रश्न: “फेसबुक हराउँदा त यत्रो अन्धकार भो, विचार हराए के होला?”


  • धनकुटा खबर
  • .

काठमाडौ । सामाजिक सञ्जालको नियम विपरीत गतिविधि भएको भन्दै फेसबुकले धरानका पूर्वमेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) को आधिकारिक एकाउन्ट बन्द गरिदिएपछि यसले सामाजिक सञ्जालमा राम्रो चर्चा पाईरहेको छ।

यसै बीच, चर्चित गायक राजेश पायल राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङप्रति ऐक्यबद्धता जनाएका छन्। उनले साम्पाङको फेसबुक एकाउन्ट हराउँदा त यति ठुलो रिक्तता र “अन्धकार” महसुस भएको भन्दै, भोलि उनको क्रान्तिकारी विचार नै हरायो भने के होला भन्ने गम्भीर जिज्ञासा राखेका छन्।

गायक राई लेख्छन् – “देखेँ बाबा देखेँ, हुन त मैले यो उमेरसम्म देखिनै रछु। कम दया लाग्दैन र यिनीहरूको? माननीय हर्क साम्पाङ ज्युको फेसबुक हराउँदा त यत्रो अन्धकार, उनको बिचार हराएको दिन के होला? जिज्ञासा।” राईको यो भनाइले साम्पाङका विरोधीहरूप्रति कटाक्ष गर्दै उनको विचारको सान्दर्भिकता र प्रभावलाई जोड दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖