काठमाडौ । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै नेतृत्व हात पारेकी हुन्।
निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) पक्षको समर्थन गुरु बरालतर्फ रहे पनि आवश्यक मत जुटाउन नसक्दा उनी पछि परेका हुन्। मतदान परिणामपछि शेरचन विजयी घोषित भएकी हुन्।
विजयपछि पराजित उम्मेदवार गुरु बरालले डा. शेरचनलाई बधाई दिएका छन्। बैठकको अध्यक्षता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महावीर पुनले गरेका थिए।
