• Thursday 8th of October 2026

प्रधानमन्त्री शाहभन्दा पहिला सभापति लामिछाने भारत भ्रमणमा जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। सभापति लामिछाने वैशाख अन्त्यतिर भारत जाने तयारीमा रहेको स्रोतले जानकारी दियो ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जान लागेको बुझिएको छ ।

भ्रमणको समय मिलाउन अहिले दुवै पक्ष गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ दलबीच सम्बन्ध विस्तार गर्नु रहेको बताइएको छ। भारतमा भाजपा र नेपालमा रास्वपा सत्तामा रहेकाले यो भ्रमणलाई महत्वपूर्ण रुपमा लिएको छ।

प्रधानमन्त्री बालेन्द्र साह(बालेन)को सम्भावित भारत भ्रमणबारे समेत लामिछानेको भ्रमणका क्रममा छलफल हुन सक्ने स्रोतको दाबी छ। साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको लागि समय मिलाउन भारतीय पक्षसँग आग्रह गरिएको स्रोतले बतायो ।

भाजपा नेतृत्वसँग हुने उच्चस्तरीय भेटघाटमा रास्वपाको विकास कूटनीति, राजनीतिक विचारधारा र दुई देशबीच हुनसक्ने सहकार्यका सम्भावनाबारे छलफल हुनेछ । लामिछानेको भारत भ्रमण जेनजी आन्दोलनपछि सत्तारुढ दलको प्रमुखले गरिने विदेश भ्रमणमा यो पहिलो हुनेछ । सभापति लामिछानेको भारत भ्रमण मिति तय नहुँदै राजनीतिक वृतमा चर्चा हुन थालेपछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत् सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖