• Thursday 8th of October 2026

देउवा पक्षले अब पूर्णबहादुरलाई ‘कार्यवाहक सभापति’ नभन्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँगै शेरबहादुर देउवा पक्षले पूर्णबहादुर खड्कालाई अबदेखि ‘कार्यवाहक सभापति’ नभन्ने भएको छ ।

शनिबार राजधानीमा आयोजित देउवापक्षीय नेताहरूको छलफलले न्यायलयको आदेशलाई स्वीकार गर्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो ।

यसअघि देउवा पक्षले सभापति गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो ।

छलफलपछि देउवा पक्षका नेता मीन विश्वकर्माले भने, ‘हिजोसम्म उहाँ (पूर्णबहादुर खड्का) कार्यवाहक सभापति हुनुहुन्थ्यो, तर अदालतको फैसलाले अर्को पक्षलाई आधिकारिकता दिएपछि अब हामीले त्यसलाई स्वीकारेका छौँ । अब पार्टीको वैधानिक नेतृत्व गगन थापाकै हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖