• Thursday 8th of October 2026

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’

पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ ।

यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖