• Monday 5th of October 2026

यूएईविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ । सोमबार घरेलु मैदानमा नेपालले ब्याटिङ राेजेकाे छ । दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्न लागेको हो ।

यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गर्न लागेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा आयोजना हुन लागेको यो ऐतिहासिक खेलमा नेपालको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् ।

यसअघि टी–२० र एकदिवसीय (ओडीआई) दुवै फर्म्याटमा टोलीको नेतृत्व गरिरहेका रोहित पौडेललाई टी–२० को कप्तानीबाट विश्राम दिइएको छ । यो निर्णयसँगै नेपालले टी–२० र ओडीआईमा फरक–फरक कप्तानको नयाँ अभ्यास सुरु गरेको छ ।

दुई महिनाअघि भारतमा भएको टी–२० विश्वकप खेलेयता नेपालले पहिलो पटक यो फर्म्याटमा खेल्न लागेको हो ।

यो शृंखलालाई भविष्यका लागि नयाँ टी–२० टोली निर्माण गर्ने अवसरका रूपमा पनि हेरिएको छ, आज नयाँ खेलाडीहरूलाई पनि मौका दिइने सम्भावना छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖