काठमाडौं, ८ बैशाख । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरूङले तत्काल राजिनामा दिनु पर्ने बताएका छन् ।
अथाह सम्पति प्रकरण र बिबादस्पद ब्यापारी दिपक भट्टसँग नाम जोडिएर आलोचना भइरहेको बेला सचिव बस्नेतले पनि गृहमन्त्री गुरूङको राजिनामा माग गरेका हुन ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन, ‘दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ।’
उनले भट्टसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर गरिएका प्रचारको पनि खण्डन गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए।
तर अनुसन्धान गर्दै जाँदा उहाँहरु संग सम्बन्धित कसैको कनेक्सन देखिएन दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य बिज्ञान राज शर्मा को नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ।
दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ।
यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ।
