• Thursday 8th of October 2026

प्रहरीको १० घण्टे स्वीप अप्रेसन : १२२ जना पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा, १० बैशाख । जिल्ला प्रहरी कार्यालय कास्की ले १० घण्टे ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै १२२ जनालाई पक्राउ गरेको छ। 

 

 लागू औषध कारोबार, सेवन, सार्वजनिक अशान्ति तथा गुण्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले अप्रेसन गरिएको प्रहरीले जनाएको हाे।

 

प्रहरीका अनुसार मिति २०८३/०१/०९ गते राति ९ बजेदेखि ०१/१० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अप्रेसनमा करिब १०० जना प्रहरी परिचालन गरिएको थियो।

 

 पोखराका विभिन्न वडा तथा आसपासका क्षेत्रमा एकैपटक गरिएको कारबाहीमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

 

सबैभन्दा बढी ३५ जना लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट पक्राउ परेका छन् भने पृथ्वीचोक, रंगशाला, बुद्धचोक लगायत क्षेत्रबाट २० जना नियन्त्रणमा लिइएको छ।

 

 

 अन्य विभिन्न वडा तथा गाउँपालिका क्षेत्रबाट पनि संख्यात्मक रूपमा व्यक्तिहरू पक्राउ परेका छन्।

 

 

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। 

 

साथै, समाजमा अशान्ति फैलाउने, लागू औषध प्रयोग तथा बिक्री वितरण गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र ध्वनि प्रदूषण गर्ने गतिविधिमा संलग्नमाथि यस्ता अप्रेसन निरन्तर जारी रहने चेतावनी दिएको छ।

 

 

प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार, “उच्छृंखल गतिविधि नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न यस्ता अप्रेसन आगामी दिनमा पनि निरन्तर चलिरहनेछ।” 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖