• Thursday 8th of October 2026

शेर्पाले छाडिन् उज्यालो नेपाल पार्टी


  • धनकुटा खबर
  • .

सोलुखुम्बु । गत आम निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी लाक्पा फुटी शेर्पाले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएकी छिन्।

उनले पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएकी हुन्। शेर्पाले आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण पार्टीको जिम्मेवारीमा रहिरहन असहज भएको भन्दै पदबाट अलग हुने निर्णय लिएको बताएकी छिन्।

राजीनामा पत्रमा उनले लेखेकी छिन्, ‘आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण अब उप्रान्त यस पार्टीको जिम्मेवारीमा रहिरहन मलाई असहज महसुस भएको छ। अतः आजकै मितिदेखि लागू हुने गरी म उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी आफ्नो पदबाट राजीनामा पेस गर्दछु।’

पार्टीबाट अलग भए पनि एक स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवा र देशको समुन्नतिका लागि आफ्नो प्रतिबद्धता सधैँ कायम रहने उनले उल्लेख गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖