• Thursday 8th of October 2026

साँझ ७ बजेभित्र सुकुम्बासी बस्ती खाली गर्न सरकारको अल्टिमेटम


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ११ । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न आज साँझसम्मको अल्टिमेटम दिएको छ। महानगर प्रहरीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा बस्ती खाली गर्न आज शुक्रबार दिनभरको समय दिइएको छ ।

आफैले ठाँउ खाली नगरे शनिबार बस्ती खाली गरिने र अटेर गरे भत्काउने तयारी अनुसार महानगरले विहिबार राती उक्त बस्तीमा पुगेर महानगरले माइकिङ गरेको छ ।

माइकिङमा अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न, घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपन्क्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न भनिएको छ।

यस्तै घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाण्डु महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू भनिएको छ ।

वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिनेछ। यो काममा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही गरिने माइकिङ मार्फत भनिएको छ।

१० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी छ। सुकुम्बासी बस्ती खाली गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन जारी भइसकेको छ। यसका लागि आवश्यक प्रहरी बल तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖