• Thursday 8th of October 2026

सुकुम्बासीमाथि डोजर चलाउनु किन हतार ? :सुदन किराती


  • धनकुटा खबर
  • .

काठमाडौ । सुदन किराती भन्छन् –

सरकार ! सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस ।

१. सुकुम्बासीमाथि डोजर चलाउनु किन हतार ?
२. संवाद, समय र वैकल्पिक व्यवस्था गर्ने वारे किन सोचिएन ?

सुकुम्बासी समस्याको समाधानबारे :

१. वास्तविक सुकुम्बासी छुट्याउने (डाटा/सर्वेक्षणमा आधारित)
२. पानी, बिजुली, शिक्षा सहित व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न सकिन्छ ।
३. किस्ताबन्दी मोडेलमा आवास सस्तोमा उपलब्ध गराउन सकिन्छ ।
४. सहकारी/ल्यान्ड पूलिङ गरि सबैलाई समेट्ने साझेदारी मोडेल बनाउन सकिन्छ ।

५. रोजगारीको लागि सीप विकास गराई आम्दानीसँग जोडेर पुनर्स्थापना गर्न सकिन्छ ।
६. सम्वाद, सहमति र निश्चित समयसीमा सहित चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ ।
७. बलियो सरकार संधै विवादमा किन पर्छ ?
किनभने सरकरले
– हतारमा निर्णय लिन्छ
– जनभावना नबुझ्दैन
– दीर्घकालीन योजनाको हुदैन

सम्झनु पर्ने कुरा, बलियो हुनु मात्र सबै थोक होइन मुख्यत न्यायपूर्ण, संवेदनशील र दूरदर्शी हुनु आवश्यक हुँदोरहेछ ।
सरकार ! स्मरण रहोस् इतिहास फेरि नदोहोरीयोस् ।
१. गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधी निर्वाचनको घोषणासँगै अस्थिरतामा गयो।

२. प्रचण्ड सरकार कटुवाल काण्डबाट अल्झियो।
३. झण्डै दुई तिहाइको ओली सरकार गुठी प्रकरणले जनविश्वास गुमायो ।
४. बालेन शाह (Balen) नेतृत्वप्रति पनि प्रश्न उठिरहेको छ ।
किनकी “यो देश हाम्रो पनि हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖