• Thursday 8th of October 2026

सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न सर्वोच्चमा रिट


  • धनकुटा खबर
  • .

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न माग राख्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ।

शुक्रबार बिहान साढे ११ बजे थापाथली बस्तीमा बस्ने गोपाल रन पहेली, जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई, विकासकुमार गुप्ताले रिट निवेदन पेस गरेका हुन्।

उनीहरूले सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिंनामंगल लगायत देशभरिका नदी किनारामा वा जुनसुकै स्थानका क्षेत्रमा सुकुम्बासी बस्तीबाट कुनै पनि भूमिहिन वा सुकुम्बासीलाई जबरजस्ती उठिबास लगाउन लागेको भन्दै उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको हो।

‘काठमाडौं उत्यकाका नदी किनारका सुकुम्बासी बस्तीहरू हटाउने, खाली गराउने भनी जारी गरेको सूचना कुनै निर्णय वा आदेशका आधारमा गरेको भए जुनसुकै स्वरूपमा भएको भए पनि उक्त गैरकानुनी निर्णय वा आदेश झिकाई उत्प्रेषणको आदेशले बदर गरिपाउँ,’ रिट निवेदनमा माग गरिएको छ।

उनीहरूले सुकुम्बासी बस्ती हटाउन लागेको र वैशाख १० गतेदेखि नै माइकिङमार्फत सूचना प्रसारित भइरहेको हुँदा आजै दर्ता गरी सुनुवाइ समेत गरी अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖