काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको छ ।
यहाँ सवा ८ बजेपछि डोजर चलाउने तयारी छ । अहिले धमाधम सुकुमबासी बस्तीका स्थानीयले नै सामान सारिरहेका छन् ।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।
अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । नगर प्रहरीका अनुसार स्थानीयले नै सामान सारिरहेकोले अहिले डोजर नचलेको हो । यसअघि बिहान ६ बजे देखि नै डोजर चलाउने तयारी गरिएको थियो ।
