• Thursday 8th of October 2026

सुकुमबासी बस्ती हटाउने विषयमा बोले बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले शनिबार बिहानदेखि सुकमबासी बस्तीहरू हटाउँदै छ।

वैकल्पिक व्यवस्थापन नगरी हटाउन लागिएको भन्दै सुकुमबासी बस्तीका नागरिकहरू आक्रोशित बनेका छन् ।

यसैबिच बालेन शाहले भने वर्षौँ पुरानो समस्याको स्थायी समाधान आफू नेतृत्वको सरकारले गर्ने बताएका छन् ।

उनले भने,‘देशभरका वास्तविक सुकुमबासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्।’

नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।

उनले भने, ‘हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ। उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो।’

थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीयतालाई ख्याल गर्दै र बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री शाहले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖