• Sunday 4th of October 2026

सीमाविद् बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुराको पुरानो नक्सा पोस्ट गरेपछि फेसबुक गायब


  • धनकुटा खबर
  • .

काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि उनको फेसबुक एकाउन्ट गायब भएको हो ।

शनिबारदेखि आफ्नो फेसबुक नचलेको र योसँगै म्यासेञ्जरले समेत काम गर्न छाडेको श्रेष्ठले बताए ।

‘मैले १८१६ को सन्धि अनुसार महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा भएको भनेर नक्सा पोस्ट गरेको थिएँ, त्यसपछि फेसबुक देखिन छाड्यो, छिमेकी मुलुकबाट रिपोर्ट भएको भन्ने म्यासेज आएको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले म्यासेञ्जरमा कुरा गर्ने साथीहरूसँग कुरा गर्न पनि पाएको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖