• Thursday 8th of October 2026

यसरी भयो माइतीघरमा महेशपत्नी अम्बिका र शोभाबिच भुतलाभुतल


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो ।

माइतीघरमा दुई महिलाबिच हात हालाहाल र भुतलाभुतल भएको हो । दुई जनाको झगडा छुट्टाएर प्रहरीले अम्बिका र शोभालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ ।

शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला अम्बिका दलबलसहित माइतीघर पुगेर शोभालाई भुत्ल्याउन थालेको बताइएको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्टाएर अहिले परिसरमा लगिएको र घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖