• Thursday 8th of October 2026

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖