• Sunday 29th of November 2026

प्रचण्ड-माधवले भिम रावललाई नसोधि नै प्रदेशको’इन्चार्ज’ बनाइदिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले पार्टीको कार्य विभाजनलाई लिएर आपत्ति जनाएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा उनले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेकोमा आपत्ति जनाएका हुन्।

उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको तथा सबैजसो प्रदेशमा युवालाई इन्चार्ज तोकिए पनि सुदूरपश्चिममा आफू (बुढा पुस्ता) लाई तोकेको भन्दै आपत्ति जनाएका हुन्।

रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरूको मङ्गलबार टुङ्गो लगाएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖