• Thursday 8th of October 2026

आज दुई कम्पनीको आईपीओ खुल्दै, कुन-कुन?


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख १६ । याम्बालिङ हाइड्रोपावरले आजैदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा शेयर बिक्री गरिसकेको थियो ।

अब कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि आवश्यक हिस्सा सुरक्षित गरी बाँकी शेयर सर्वसाधारणका लागि उपलब्ध गराएको हो । यस चरणमा कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ, जसअन्तर्गत १०० रुपैयाँ अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर जारी गरिनेछ ।

यस्तै, एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर बिक्री खुला गरेको हो।

कम्पनीलाई ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति प्राप्त भएको थियो। यसअनुसार कुल ७ लाख ९० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ। उक्त शेयरमा आवेदन दिन श्रम स्वीकृति अनिवार्य गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖