• Wednesday 7th of October 2026

उर्जा मन्त्रालय:हितेन्द्रसहित १० जना भए पदमुक्त,को-को परे ?


  • धनकुटा खबर
  • .

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌ुसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,‘२०८३’ बमोजिम मातहतका निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ।

मन्त्रालयको प्रवक्ता सन्दिप कुमार देवले आज एक् सूचना जारी गर्दै अध्यादेशको दफा २ अनुसार विभिन्न पदाधिकारीहरू पदमुक्त भएको जनाएको हो।

सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन् ।

यसैगरी, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरु डा. मधुसुधन अधिकारी र डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖