• Wednesday 7th of October 2026

रिहा भए लगत्तै पुनः पक्राउ परे शेखर गोल्छा, यस्तो छ कारण


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छा पुनः पक्राउ परेका छन्। अदालतको आदेशपछि आज रिहा भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो।

सोमबार गोल्छाको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने र उनी छुट्न सक्ने आशंका गर्दै प्रहरीले दिउँसै अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

सोही आधारमा गोल्छालाई पुनः पक्राउ गरी बिमा सम्बन्धी अनुसन्धान अघि बढाइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्षसमेत रहेका गोल्छा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि वैशाख ११ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖