• Tuesday 6th of October 2026

काठमाडौँको भेडासिंह स्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ मा वविता रौनियारले सञ्चालन गरेको नैना एन्ड इशान ज्वेलरी पसलमा प्रवेश गरेर लुट्न खोज्नेहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल छन् । हरिकृष्ण महर्जनलाई मङ्गलवार इमाडोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

घटनामा संलग्न महर्जनले वारदातको समयमा लगाएको कपडा घटनास्थल नजिकै गल्लीमा छाडेर आफ्नो हुलिया परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖