• Tuesday 6th of October 2026

दिनदहाडै ३ जना मिलेर खुकुरी प्रहार गरेर कीर्तिपुरमा युवकको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ ।

३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताए ।

उनले भने– ‘आरोपीहरूको पहिचान भएको छ, हामी खोज्दैछौँ ।’ आरोपीहरू पहिले पनि मुद्दा चलेका युवाहरू संलग्न देखिएका छन् । मृतक र हत्यामा संलग्नहरू पूर्वपरिचित हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖