• Tuesday 6th of October 2026

आफ्नै मामाले गरे १७ वर्षीया भान्जीलाई पटक-पटक बलात्कार


  • धनकुटा खबर
  • .

चितवन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले २१ वैशाख २०८३ मा चितवन जिल्ला अदालतमा अभियुक्त मामाविरुद्ध ‘हाडनातामा ज बर्जस्ती क रणी’ को मुद्दा दायर गरेको हो।

अभियोग पत्रअनुसार पी डित किशोरीका आमाको मुटुको क्या न्सरबाट मृ त्यु भएपछि र बुबाको समेत अत्तोपत्तो नभएपछि उनी धादिङस्थित सानीआमाको घरमा बस्दै आएकी थिइन्।

तर, सानीआमाले ‘पढ्नका लागि मामाको घर नै उपयुक्त हुने’ भनेर चितवन पठाएपछि उनी रत्ननगर नगरपालिका वडा नं. १५ स्थित मामाको डेरामा बस्न थालेकी थिइन्। कक्षा ८ मा अध्ययनरत ती किशोरीलाई संरक्षक बन्नुपर्ने मामाले नै २०८० सालको पुसदेखि पटक-पटक यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा आफ्नो अप राध स्वीकार गरेका छन्।श्रीमतीको मृ त्युपछि बच्चाहरूको विच ल्ली भएको र आफू एक्लो भएको बहाना बनाउँदै उनले म दिरा सेवन गरेर पहिलोपटक २०८० पुस ९ गते राति भान्जीलाई बला त्कार गरेका थिए। त्यसपछि उनले ‘यो कुरा कसैलाई भने मा रिदिने’ ध म्की दिँदै पटक-पटक क रणी गरेको पी डितको बयानमा उल्लेख छ।

पछिल्लो पटक २०८२ चैत २८ गते बिहान ४ बजे अभियुक्तले पुनः ज बर्जस्ती क रणी गरेका थिए।गत २०८२ वैशाख २९ गते दिउँसो अभियुक्तले पुनः शौचालयमा भान्जीलाई जब र्जस्ती गर्न खोज्दा किशोरीले हल्ला गरेकी थिइन्।त्यसपछि जम्मा भएका छिमेकी र स्थानीयले सोधपुछ गर्दा किशोरीले विगत एक वर्षदेखिको पी डा सार्वजनिक गरेकी थिइन्।

सोही दिन अभियुक्तलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको थियो।भरतपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा पी डित कि शोरी २३ देखि २४ हप्ताको (करिब ६ महिना) गर्भवती रहेको प्रमाणित भएको छ।अभियोग पत्रमा अभियुक्तलाई ‘मुलुकी अपराध संहिता, २०७४’का विभिन्न दफाहरूअनुसार हदैसम्मको सजा य माग गरिएको छ।पी डितको उमेर १८ वर्षभन्दा कम भएको र जबर्जस्ती करणी भएको पुष्टि भएकाले १० देखि १२ वर्षसम्मको कै द स जाय माग गरिएको छ।यस्तै हाडनाताभित्रको अपराध भएकाले थप कैद र जरिवाना तथा हाडनाता क रणीमा दफा २१९ को उपदफा (२) बमोजिम थप स जाय समेत माग गरिएको छ #NewsUpdate

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖