• Wednesday 7th of October 2026

टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा आएको छ ।

सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।

जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।

यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानमा सवार सबै यात्रु सकुसल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖