• Tuesday 6th of October 2026

एसईई नतिजापछि वीरगन्जमा १५ वर्षीय किशोरद्वारा आत्महत्या


  • धनकुटा खबर
  • .

वीरगन्ज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति असन्तुष्ट बनेका वीरगन्जका एक किशोरले आत्महत्या गरेका छन्।

पर्साको बहुदरमाई नगरपालिका–५ (साविक हासवा) घर भई हाल वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका १५ वर्षीय छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार नतिजा आएपछि उनी निराश देखिएका थिए। उनी वीरगन्जस्थित पिपराको नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब ११ः३० बजे परिवारले सम्झाइबुझाइ गरिरहेकै क्रममा उनी अचानक कोठामा प्रवेश गरी ढोका बन्द गरेका थिए।

परिवारका सदस्यले ढोका खोलेर हेर्दा उनले तन्नाको पासो लगाएर आत्महत्या गरिसकेको अवस्थामा फेला पारेको बताएका छन्।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖