• Wednesday 7th of October 2026

एउटै प्लेटफर्मबाट १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालमा पहिलो पटक पूर्ण रूपमा अनलाइनमार्फत भिसा सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

काठमाडौँको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित कार्यक्रममा उक्त डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको हो। यात्रा म्यागजिनले युवा पर्यटन उद्यमीहरूका लागि आयोजना गरेको “विङ्स अन्डर फोर्टी” कार्यक्रमअन्तर्गत मे ८ मा यसको उद्घाटन गरिएको हो।

भेन्चर्स होलिडेज प्रा.लि. द्वारा प्रवर्द्धित यस प्लेटफर्मले नेपाली यात्रुका लागि भिसा प्रक्रियालाई सहज, सुरक्षित र डिजिटल बनाउने लक्ष्य लिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार अब प्रयोगकर्ताले एउटै प्रणालीमार्फत विश्वका १८० भन्दा बढी देशको भिसा जानकारी लिनुका साथै आवेदनसमेत दिन सक्नेछन्। साथै आवेदन प्रक्रियाको हरेक चरणको रियल–टाइम अपडेट पनि प्राप्त गर्न सकिनेछ।

प्लेटफर्मको मुख्य विशेषता नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने सुविधा हो। ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट–क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने भएकाले डलर कार्डको झन्झट हट्ने कम्पनीको दाबी छ।

यस प्रणालीले डकुमेन्ट भेरिफिकेसन, प्रि–चेकिङ, अपोइन्टमेन्ट बुकिङ तथा विशेषज्ञ परामर्श सेवा एकै ठाउँबाट उपलब्ध गराउने जनाएको छ।

अनुभवी भिसा विशेषज्ञहरूको सहयोग रहने भएकाले आवेदन अस्वीकृत हुने सम्भावना कम हुने अपेक्षा गरिएको छ। यो सेवा व्यक्तिगत यात्रुका साथै ट्राभल एजेन्सीहरूका लागि पनि उपयोगी हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖