कैलाली । कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका–५ गेटीकी १६ वर्षीया सृजना शाही र वडा नं. ८ स्याउलेकी १५ वर्षीया अस्मिता साउद आज मध्यान्ह घरको कोठाभित्र मृत भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवै किशोरीले यस वर्षको एसईई नतिजा सन्तोषजनक नआएको विषयलाई सम्भावित कारणका रूपमा हेरिएको छ। उनीहरू दुवै जना हालै सार्वजनिक भएको एसईई परीक्षामा सहभागी भएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
