• Tuesday 6th of October 2026

भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु


  • धनकुटा खबर
  • .

बाजुरा ! बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुंगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले थापालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖